दफा ४
ट्रेड यूनियन संघको दर्ता
: (१) कम्तीमा पचास वटा प्रतिष्ठानस्तरको ट्रेड यूनियनहरुले वा प्रत्येक जिल्लाबाट एकसय जना पर्ने गरी कम्तीमा बीस जिल्लाका पाँचहजार कृषि श्रमिकले वा एकै प्रकृतिको प्रतिष्ठानका कम्तीमा पाँचहजार कामदारहरुले आपसमा सम्झौता गरी ट्रेड यूनियन
संघ गठन गर्न सक्नेछन्।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि प्रतिष्ठान बाहिरका एकै प्रकृतिका उद्योग, व्यापार व्यवसाय वा सेवाका काम गर्ने कम्तीमा पाँचसय जना कामदार वा स्वरोजगारहरुलेपनि आपसमा सम्झौता गरी ट्रेड यूनियन संघ गठन गर्न सक्नेछन्।
तर दफा ५ बमोजिम महासंघ गठन गर्ने प्रयोजनको लागि यस उपदफा अन्तर्गत गठित संघहरु बढीमा चार वटालाई मात्र गणना गरिनेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम गठित ट्रेड यूनियन संघ दर्ता गराउनको लागि कार्य समितिले तोकेको पदाधिकारीले त्यस्तो ट्रेड यूनियनहरुले आपसमा गरेको सम्झौताको प्रतिलिपि, ट्रेड यूनियन संघको विधान र तोकिएको दस्तूर समेत संलग्न राखी तोकिएको विवरण सहित तोकिए बमोजिमको ढाँचामा पञ्जिकाधिकारी समक्ष दरखास्त दिनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम परेको दरखास्त उपर पञ्जिकाधिकारीले दर्ताको लागि रीत पुगे नपुगेको हेरी दरखास्त परेको मितिले वा दफा ६ बमोजिम थप विवरण मागिएकोमा त्यस्तो विवरण प्राप्त भएको मितिले पन्ध्र दिनभित्र त्यस्तो ट्रेड यूनियन संघ दर्ता गरी तोकिए बमोजिमको ढाँचामा दरखास्तवालालाई दर्ताको प्रमाणपत्र दिनु पर्नेछ ।
(५) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि कुनै पनि प्रतिष्ठानस्तरको ट्रेड यूनियन एकै समयमा एक भन्दा बढी ट्रेड यूनियन संघको सदस्य हुन सक्ने छैन र कुनै एउटा ट्रेड यूनियन संघमा एउटै प्रतिष्ठानका एक भन्दा बढी प्रतिष्ठानस्तरको ट्रेड यूनियन सदस्य हुन पाउने छैन ।(६) उपदफा (४) बमोजिम ट्रेड यूनियन संघ दर्ता भएपछि त्यस्तो ट्रेड यूनियन संघको सदस्य संख्या दश प्रतिशतसम्म कम हुन गएमा पनि त्यस्तो ट्रेड यूनियन संघको दर्ता एक वर्षसम्म कायम रहनेछ ।